Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनर्भिकले बृहत् निःशुल्क स्वास्थ्यशिविर गर्ने

नर्भिकले बृहत् निःशुल्क स्वास्थ्यशिविर गर्ने


काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले शनिबार बृहत् स्वास्थ्यशिविर आयोजना गर्ने भएको छ । अस्पतालले काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा बृहत् र निःशुल्क स्वास्थ्यशिविर आयोजना गर्नलागेको हो ।

शनिबार बिहान ९ः३० बजेदखि १ः३० बजेसम्म सञ्चालन हुने स्वास्थ्यशिविरमा मुटुरोग, स्त्री तथा प्रसूति, ग्यास्ट्रिक, हाडजोर्नी र जनरल फिजिसियनसम्बन्धी विशेषज्ञ सेवा निःशुल्क पाइनेछ । अस्पतालका अनुसार शिविरमा इसीजी, सुगर, भाइटल्सलगायतका निःशुल्क परामर्श सेवा समेत उपलब्ध हुनेछ ।

अस्पतालले वृहत निःशुल्क स्वास्थ्यशिविरमा सहभागी हुन चाहनेका लागि अग्रिम नाम दर्ताको व्यवस्था समेत गरेको छ । त्यसका लागि इच्छुकले ०१५९७००३२ मा सम्पर्क गरी आफ्नो वा शिविरमा सहभागी हुन चाहनेको नाम अग्रिम दर्ता गराउन सक्नेछन् । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया