महासंघको प्रतिनिधिमण्डल इन्डुस फुडटेकमा सहभागी
काठमाडौं, पुस २५
भारतको ग्रेटर नोयोडामा आयोजित खाद्य तथा खाद्य प्रविधिसँग सम्बन्धित बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी इन्डुस फुडटेक २०२० मा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डल सहभागी भएको छ । भारतीय व्यापार प्रवर्द्धन केन्द्रको आयोजना बुधबारदेखि सुरु भएको सो प्रदर्शनी शुक्रबारसम्म चल्नेछ । उक्त प्रदर्शनीमा भाग लिन उपाध्यक्ष प्रधानको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डल मंगलबार त्यसतर्फ प्रस्थान गरेको थियो । महासंघका कोषाध्यक्ष निरक के.सी., महासंघको कार्यकारिणी समितिका सदस्यहरू नरेन्द्र कुमार खड्का, दिल सुन्दर श्रेष्ठ, हेमराज ढकाल, जिल्ला उद्योग वाणिज्य संघका अध्यक्षहरू, वस्तुगत संघका अध्यक्षहरूसहित खाद्य तथा खाद्य प्रविधिसँग जोडिएका २२ जना नेपाली उद्यमी व्यवसायीहरूले सो प्रदर्शनीमा भाग लिएका छन् ।
प्रदर्शनीमा खाद्य तथा पेय पदार्थ प्रशोधनसम्बन्धी प्रविधि, खाद्य प्याकेजिङ तथा लेबलिङ प्रविधि, उत्पादनमा स्वचालित तथा नियन्त्रण प्रविधि, बेकरी तथा कन्फेक्सनरी, उपभोग्य वस्तु, खाद्य मिल तथा खाद्यान्न तेल उद्योगहरूले प्रयोगमा ल्याएका पछिल्लो प्रविधिहरूको प्रदर्शनी गरिएको छ । प्रदर्शनीमा भारतलगायत विश्वका औद्योगिक राष्ट्रहरूको सहभागिता रहेको छ । मेलामा महासंघको प्रतिनिधिमण्डलद्वारा प्रर्दशनीको अवलोकन गर्नुका साथै नेपालको खाद्य तथा खाद्य प्रशोधन क्षेत्रमा प्रविधि भित्र्याउने विषयमा विभिन्न देशका उद्योगी व्यवसायीहरूसँग छलफल भेटवार्ता हुने कार्यक्रम छ । साथै प्रतिनिधिमण्डलले महासंघद्वारा आगामी चैत महिनामा आयोजना गरिने नेपाल अन्तराष्ट्रिय व्यापार मेलामा सहभागिताका लागि बाह्य कम्पनीलाई आमन्त्रण समेत गर्ने कार्यक्रम छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- चट्याङ लागेर एक बालकको मृत्युु
- शनिबार एकीकृत समाजवादीको स्थायी समिति बैठक हुने
- रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल
- भूकम्पपीडितका लागि चाँडोभन्दा चाँडो आवास निर्माण जरुरी: मुख्यमन्त्री कँडेल
- विश्वव्यापी व्यापार नियम स्वीकार गर्न चीनलाई ईयूको आग्रह
- चीनमा साढे २९ करोड आन्तरिक पर्यटकले तय गरे यात्रा
- मोरु डिजिटल वालेट फोनपेको अन्तर–आबद्ध भुक्तानी प्रणालीमा समावेश
- पठाओ फुड फेस्टमा दुई लाख ६० हजार बढी अर्डर डेलिभरी
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया