नेपाली बजारमा नम्बर १ स्मार्टफोन बन्दै रेड्मी नोट ११
काठमाडौं । इन्टरनेशनल डाटा कर्पोरेसनको वल्र्डवाइड त्रैमासिक मोबाइल फोन ट्र्याकर, क्यूवान २०२२ को विज्ञप्तिअनुसार रेड्मी नोट ११ नेपालको नम्बर १ स्मार्टफोनमा रहेको बताएको छ । शाओमीले, पूर्व ७ त्रैमासिकदेखि लगातार नेपाली बजारमा शीर्ष स्मार्टफोन कम्पनीको रूपमा आफ्नो स्थान कायम गर्दै आएको छ । रेड्मी नोट ११ नेपालमा सबैभन्दा बढी सीप गरिएको स्मार्टफोन हुनुको साथै, रेड्मी १० प्राइम २०२२ र रेड्मी ९ए पनि शीर्ष स्थानमा रहन सफल भएको छ ।
रेड्मी नोट ११, शाओमी १२ सिरिजजस्ता उत्पादनहरुको लन्चको कारण ब्राण्डको बजारमा उल्लेखनीय वृद्धि देखिएको छ । यसका साथै शाओमीले एस१ एक्टिभ, वाच लाइट, टिभी स्टिक, मी ट्रिमर, मी स्मार्ट व्यान्ड व्यान्ड ६, र रेड्मी सोनिक बास वायरलेस इयरफोन, पावरव्यान्कसहित नेपालमा ३० वटा नयाँ इकोसिस्टम उत्पादनहरु पनि लन्च गरेको छ ।
यसको अतिरिक्त, अफलाइन नेटवर्क विस्तारको कारणले ब्रान्डको समग्र वृद्धिमा योगदान पु-याएको छ । अहिले नेपालमा आफ्नो उपस्थिति सुदृढ गर्दै, शाओमीले देशभरिमा तीन हजारभन्दा धेरै अफलाइन पार्टनर स्टोर र १५ भन्दा बढी अधिकृत स्टोरहरू स्थापित गरेको छ । कम्पनीको हाल नेपालको विभिन्न स्थानहरुमा एक बलियो वितरण नेटवर्क छ । उनीहरुले विशेष अधिकृत सेवा केन्द्रहरुको साथ साथै नेपालमा ग्राहकको आवश्यकताहरुलाई पूरा गर्नको लागी एक समर्पित सेवा वेयरहाउसकोे माध्यमबाट मजबूत आफ्टर सेल्स सेवासंँगै बजारमा आफ्नो स्थान बलियो बनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
- आवश्यकताका आधारमा फरक–फरक बीमालेख ल्याउन बीमा कम्पनीलाई निर्देशन
- डीएसपी सत्य नारायण थापालाई खुला पत्र !
- लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठीको तयारी पूरा
- विदेशीका लागि नयाँ पदयात्रा गन्तव्य
- सरकारको काम गठन र विघटन मात्रै
- प्राधिकरण र नेपाल एयरलाइन्सका श्रमिकमाथि शोषण !
- मोरङ उद्योग व्यापार संघमा सबै सदस्य निर्विरोध
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया