राउण्ड टेबल नेपालको अध्यक्षमा अग्रवाल
काठमाडौं । राउण्ड टेबल नेपालको अध्यक्षमा नितेशकुमार अग्रवाल चयन भएका छन् । संस्थाको २३ औं वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रवेश अग्रवाल, महासचिवमा प्रतिक अग्रवाल, कोषाध्यक्षमा साहिल अग्रवाल तथा सम्पादकमा पंकज झुनझुनवाला निर्वाचित भएका छन् । सो संस्थाको निर्वतमान अध्यक्ष राहुल अग्रवाल हुन् । राउण्ड टेबल नेपाल १८ देखि ४० वर्षसम्मका पुरुष युवाहरूको संस्था हो, जसको मुख्य उद्देश्यको रूपमा एडप्ट, एडप, इम्प्रूभ रहेको राउण्ड टेबलले जनाएको छ । यस संघले आफ्नो उद्देश्य पूरा गर्नका लागि पहिले समाजमा रहेका समस्याहरूको पहिचान गरी एडप्ट गर्छ । एडप्ट गरेका कार्यलाई स्थानीय विविधतालाई आत्मसात गर्दै निरन्तर त्यसलाई सुधार गर्दै लैजाने संस्थाले जनाएको छ ।
राउण्ड टेबल विगत २३ वर्षदेखि नेपालभरि विभिन्न सामाजिक कार्यहरूमा संलग्न रहेको संस्थाले जनाएको छ । विषेश गरी संस्थाले शिक्षा, स्वास्थ्य तथा पर्यावरणको क्षेत्रमा काम गर्दै आएको जनाएको छ ।
नवनिर्वाचित कार्य समितिले खासगरी आफ्नो कार्यकालमा राउण्ड टेबलले सुरु गरेका कार्यक्रमहरू विद्यालयहरूको स्तरोन्नति, राउण्ड टेबल नेपाल मोडल स्कुल स्थापना, विपन्न वर्गका बालबालिकालाई प्रदान गर्दै आएको छात्रवृत्ति कार्यक्रम, तथा एक देश एक लाख बिरुवाको नारालाई समेत निरन्तरता दिँदै आएको संस्थाले जनाएको छ । यसका साथै विभिन्न तालिम तथा गोष्ठीको आयोजना गरी सदस्यहरूको सिप विकासका साथै सदस्यहरूबीचको सम्बन्ध अझ सुदृढ गर्ने योजना रहेको राउण्ड टेबलले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
- कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
- पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने
- साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
- श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
- युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
- सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
- अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया